काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने, प्रमुख प्रशासकीय अधिकृतको भनाई


काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबको लागि सोमबारसम्म तलब दिने निर्णय गरेको बताएका छन्।

महानगरपालिकाका एक उच्च अधिकारीका अनुसार, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले शुक्रबार तलबको तोक लगाइदिएका हुन्। यस अघि, गुरागाईं गत पुस ७ गतेदेखि बिदामा बसेका थिए र बिहीबार कार्यालय हाजिर भएका थिए।

उनको कार्यालयमा हाजिर हुनेक्रममा केही समय तनाव उत्पन्न भएको थियो, जहाँ महानगर प्रहरी पनि खटाइएको थियो। तथापि, कर्मचारीहरूले उनलाई रोक्न नदिई कार्यालयमा प्रवेश गराएका थिए।

महानगरका कर्मचारीहरू लामो समयदेखि तलब नपाएर आक्रोशित थिए, र यसपछि गुरागाईंले कर्मचारीको तलब दिने तोक लगाइदिएका छन्।

२०८१ चैत्र २२, शुक्रबार १२:१८ प्रकाशित
ट्रेन्डिङ समाचार