काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हाजिर गर्न पुगेपछि तनावको स्थिति उत्पन्न भएको हो ।
उपमेयर सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक सुरु भएको छ।
गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए।
नगर प्रहरीको प्रयास असफल हुँदै कर्मचारीहरूले उनलाई कार्यालयमा प्रवेश गराएका छन्।
२०८१ चैत्र २१, बिहीबार १५:०१ प्रकाशित

