राप्रपाबाट गृहमन्त्रीको राजीनामा माग सहित तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न सरकारको ध्यानाकर्षण 


काठमाडौँ, २१ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाबारे स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ। पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा मानवअधिकार आयोग र नागरिक समाजको समावेशी आयोग गठन गर्न आग्रह गरेको हो।

राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्रीको राजीनामा, प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन, मृतकलाई शहीद घोषणा र घाइतेको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।

राप्रपाले तीनकुने घटनामा संलग्न व्यक्तिहरूको जिम्मेवारी सुनिश्चित गर्न बन्दीहरूको रिहाइ पनि गर्नुपर्ने बताएको छ।

२०८१ चैत्र २१, बिहीबार १४:०१ प्रकाशित
ट्रेन्डिङ समाचार