
काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छिन्।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर गर्न महानगर कार्यकक्ष पुगेका बेला नगर प्रहरीले उनलाई रोक्न खोज्दा तोडफोडको अवस्था सिर्जना भएको थियो।
डंगोलले बैठकमा भनिन्, “हामी हरेक घटनाक्रममा जानकार छौं, कोठामा बसेर निर्देशन नदिनुहोस्, समस्या समाधानमा लाग्नुहोस्”।
उनले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भए कारबाही गर्न तयार रहेको र समस्या समाधानपछि मात्र बोर्ड बैठक बस्ने पनि बताइन्।
२०८१ चैत्र २१, बिहीबार १३:३८ प्रकाशित