मेयर बालेन साहद्वारा शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनको सराहना


काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनको सराहना गरेका छन्।

उनले प्रदर्शनका क्रममा शिक्षकहरूले फोहोर नगरी र सार्वजनिक सम्पत्ति जोगाएर आन्दोलन गरेकोमा धन्यवाद व्यक्त गर्दै, समाजमा चेतना फैलाउन शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

मेयर साहले सबैलाई मिलेर चेतनशील समाज निर्माण गर्न आह्वान समेत गरेकाछन्।

२०८१ चैत्र २१, बिहीबार ०९:१७ प्रकाशित
ट्रेन्डिङ समाचार