
काठमाडौँ। सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले ओझाको योग्यतामाथि उठेका प्रश्नको जवाफ माग गर्दै लिखित स्पष्टीकरणको आदेश दिएको हो।
अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट निवेदन दायर गर्दै ओझाको नियुक्ति बदर गर्न माग गरेकी छन्।
२०८१ चैत्र २१, बिहीबार ०९:०१ प्रकाशित