
काठमाडौँ। संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले फेसबुक लाइभमा आफू फरार नभएको र सुरक्षित रहेको बताएका छन्। उनले प्रधानमन्त्रीबाट “मलाई देख्ने बित्तिकै गोली हान्ने आदेश” रहेको बताउँदै भने, “म भागेको छैन, म मर्छु तर भाग्दिनँ।”
प्रसाईंले आफ्नो अभियानलाई दबाउन प्रयास गरिएको दावी गरे र भने, “म नेपाल र नेपाली छोडेर भाग्ने छैन।”
२०८१ चैत्र १७, आईतवार १३:५७ प्रकाशित