काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तिन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

२०८१ चैत्र १२, मंगलवार १६:५७ प्रकाशित
ट्रेन्डिङ समाचार