राष्ट्रिय राजमार्गहरूको अवस्थाबारे छलफल हुँदै 


काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, बीपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान साढे ११ बजे बस्नेछ।

२०८१ चैत्र १२, मंगलवार १४:३० प्रकाशित
ट्रेन्डिङ समाचार