डेढ करोड बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राऊ


काठमाडौँ। करिब डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ का ४० वर्षीय विजय लम्साल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

खगेन्द्रबहादुर सोपले उनीविरुद्ध बैंकिङ कसुरको जाहेरी दिएका थिए । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा १ करोढ ४९ लाख ५० हजार रुपैयाँ बराबरका चार वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

 

२०८१ चैत्र १२, मंगलवार १४:२६ प्रकाशित
ट्रेन्डिङ समाचार