
कार्यालयले गत साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा रु. चार अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो । असोजमा रु. चार अर्ब ३६ करोड, कात्तिकमा रु. तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो ।
यसैगरी, गत मङ्सिरमा रु. तीन अर्ब २२ करोड, पुसमा रु. तीन अर्ब ५६ करोड, माघमा रु. चार अर्ब २९ करोड र फागुनमा रु. चार अर्ब ६८ करोड राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ।
२०८१ चैत्र १०, आईतवार १५:३० प्रकाशित