नेपाल जुनसुकै बेला ऋणको पासमा पर्न सक्ने अर्थशास्त्रीको चेतावनी


काठमाडौँ। विगत  केही वर्षदेखि नेपालमा सार्वजनिक ऋणको भार बढ्दै गएको भन्दै देश जुनसुकै बेला “ऋणको पासो”मा पार्न सक्ने चेतावनी केही अर्थशास्त्रीहरूले दिएका छन्।

एक दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा ऋणको अनुपात झन्डै दोबर हुन लागेको हुनाले अर्थशास्त्रीहरूले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले चाहिँ उत्पादन वृद्धिमा केन्द्रित भएर देशको प्राथमिकताका आधारमा मात्र ऋण लिइएको दाबी गरेका छन्।

यद्यपि नेपालको सार्वजनिक ऋणबारे गरिएका कतिपय सरकारी तथा गैरसरकारी अध्ययनहरूले “लिइएको ऋणको जथाभावी खर्च गरिएको” औँल्याएका छन्।

२०८१ चैत्र ९, शनिबार १३:५२ प्रकाशित
ट्रेन्डिङ समाचार