काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ ।
नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा निर्यात ५७.२० प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार चालू आवको आठ महिनामा एक खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशत बढी हो । त्यसबेला एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
चालू आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११.२० प्रतिशत बढी हो । सो अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
२०८१ चैत्र ७, बिहीबार १६:१५ प्रकाशित


