संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब वैशाख ३ गते सुनुवाइ


काठमाडौँ  । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालत प्रशासनले केहीबेरअघि ३ वैशाखका लागि तारेख तोकेको हो ।

आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए ।

तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रुपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए।

२०८१ चैत्र ६, बुधबार १८:२५ प्रकाशित
ट्रेन्डिङ समाचार