मधेश प्रदेशद्वारा सातौ तह अधिकृत तहमा दर्खास्त आह्वान


काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगले निजामती सेवाका अधिकृत सातौँ तह कानून अधिकृत पदको विज्ञापन खुलाएको छ ।

आयोगले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । अधिकृत सातौँ तहमा कानून सेवा, कानून समूहका रिक्त पदहरूको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षा सञ्चालन हुनेछन् ।

योग्यता पुगेका उम्मेदवारले आजदेखि चैत २० गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।

8888888888

२०८१ फाल्गुन २९, बिहीबार १३:१७ प्रकाशित
ट्रेन्डिङ समाचार