काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सेवाका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा एक जना पनि उर्तीण हुन सकेका छैनन् ।
लोकसेवा आयोगले एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।
नेपाल प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको विज्ञापन नम्बर २,४/०७९-८० (आ.प्र., खुला र महिला) विभिन्न श्रेणी, सेवा, समूह, पदहरूको लागि लोक सेवाले परीक्षा लिएको थियो ।
उक्त परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेको आयोगले सोमबार एक सूचना जारी गरी जानकारी दिएको हो ।
२०८१ फाल्गुन १९, सोमबार २१:११ प्रकाशित


