ADVERTISEMENT

६० खर्ब नाघ्यो वाणिज्य बैंकको निक्षेप

वाणिज्य बैंकहरूले संकलन गरेको निक्षेप ६० खर्ब रूपैयाँ नाघेको छ। गत फागुन ४ गते वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब दुई अर्ब रूपैयाँ पुगेको हो।

अन्तिम पटक प्रकाशित रिपोर्ट अनुसार भने फागुन ५ गते यस्तो निक्षेप केही घटेर ६० खर्बमा सीमित भएको छ। माघ अन्तिममा वाणिज्य बैंकहरूमा निक्षेप संकलन ५९ खर्ब ९७ अर्ब रूपैयाँ थियो।

निक्षेप बढेपनि बैंकहरूको कर्जा लगानी भने बढेको छैन्। माघ अन्त्यमा वाणिज्य बैंकको कर्जा लगानी ४८ खर्ब २८ अर्ब रहेकोमा फागुन ५ गते यस्तो लगानी ४८ खर्ब ३० अर्ब पुगेको छ।

सो समय समग्र बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप भने ६७ खर्ब २८ अर्ब रूपैयाँ र कर्जा लगानी ५४ खर्ब ४२ अर्ब रूपैयाँ छ।

कर्जा लगानीमा अझै सुधार हुन नसक्दा राष्ट्र बैंकले आइतबार ४० अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट खिच्दै छ। २१ दिनको लागि ३० अर्ब बराबरको रकम राष्ट्र बैंकले खिच्न लागेको हो। फागुन आठसम्म राष्ट्र बैंकले फिर्ता गर्न बाँकी रहेको यस्तो रकम दुई खर्ब २२ अर्बमा सीमित भएको छ।

आजै १५ अर्ब १० करोड बराबरको यस्तो रकम परिपक्व भएर बैंकहरूमै फिर्ता जाँदैछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार