संघीय संसद सचिवालयले सांसदहरूका लागि ‘तथ्य पुस्तिका’


११ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरूका लागि ‘तथ्य पुस्तिका’ बनाएको छ ।

हालै प्रकाशित पुस्तिकामा संघीय संसद सम्बन्धी तथ्यांकहरू, सामाजिक र आर्थिक तथ्यांकहरू राखिएका छन् । विविध क्षेत्रका तथ्यांक तथा सूचकहरू समेत समेटिएका छन् ।

तथ्य पुस्तिका प्रकाशन समितिमा संसद सचिवालयकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती), उपसचिव विकास बोहरा, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव श्रेष्ठ र शाखा अधिकृत निरज दाहाल छन् ।

संसद सचिवालयकी सहसचिव लामिछाने सांसदहरूलाई सहयोग गर्ने उदेश्यले पुस्तक निकालिएको बताउँछिन् । उनी भन्छिन्, ‘माननीयहरूलाई तथ्य तथ्यांक बुझ्न र खोज्न सजिलो होस् भनेर पुस्तक बनाइएको हो ।’

यो पुस्तक वर्षैपिच्छे निकाल्ने तयारी छ । ‘वर्षैपिच्छे अपडेट गर्दै निकाल्ने तयारी छ’, उनी थप्छिन्, ‘पुस्तकको प्रमुख उदेश्य– सांसदहरूलाई संसदमा बोल्न, तथ्यांकीय विश्लेषण गर्न सजिलो होस्, संसद्मा व्यक्त हुने डेटा तथ्यमा आधारित होस् भन्ने छ।

२०८१ फाल्गुन ११, आईतवार १३:२५ प्रकाशित
ट्रेन्डिङ समाचार