आजको राशिफल


मेष

 सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउनमा सफलता मिल्नेछ। अतिथीको आगमनले मन हर्षित हुनेछ। आजको शुभ रंग ब‌ैजनि हो भने शुभ अंक २ रहेको छ।

मिथुन

 भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

 उद्योग व्यापारमा मनग्य लाभ मिल्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

तुला

 साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीको व्यवहारले शंका उब्जाउन सक्ला सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु

 मेहनतको परिणाम प्राप्त गर्न श्रम धेरै गर्नुपर्ला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला नभए समस्या निम्त्याउन सक्नुहुनेछ। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

 साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्था नगर्नुहोस्। पेट सम्बन्धी समस्याले सताउन सक्छ त्यसैले खानपानमा ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

बृष

 कार्यक्षेत्रमा लगनशीलताले अड्केका कार्यहरू प्रारम्भ हुनेछन्। रुचिको काम नमिल्नाले मन अप्रसन्न रहला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

 व्यापार व्यवसायमा हजुरले गरेको मेहनतको लाभ अरुले लिन सक्छन्। आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू सम्पादन हुनमा बाधा आउनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

 नयाँ कार्य प्रारम्भ गर्दा जानकारको सल्लाह लिनुहोला। रोकिएको योजनामा पुनर्विचार गर्न सक्नुहुनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

 कार्यक्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। सानो प्रयासले व्यक्तित्वमा निखार आउनेछ। अगाडि पाएको सफलताले कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मकर

 इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। यात्रा सुखद रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मीन

 सन्तानको प्रगतिलाई देखेर मन प्रसन्न रहनेछ। आर्थिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। कार्यक्षेत्रमा मित्रको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

२०८१ माघ ३०, बुधबार १०:३३ प्रकाशित
ट्रेन्डिङ समाचार