एलिनाले दिइन् सम्बन्ध विच्छेदको मुद्दा


चर्चित गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।

पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने ।
,
एलिना र विष्णुबीच गत वैशाख पहिलो साता विवाह भएको थियो ।

 

 

२०८१ माघ १८, शुक्रबार १८:०५ प्रकाशित
ट्रेन्डिङ समाचार