सेयर कारोबार मापक नेप्से परिसूचक ११.१० अंकले घट्यो


सेयर कारोबार मापक नेप्से परिसूचक ११.१० अंकले घटेको छ । आज शून्य दशमलव ४१ प्रतिशतले घटेर २६५४.३५ विन्दुमा बन्द भएको छ ।

कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५० कम्पनीको मूल्य घट्यो । आज ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ८४ हजार ७ पटकको सेयर किनबेचबाट ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । आज १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भए ।

कुल १३ उपसमूहमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन मात्रै बढ्यो । अन्य उपसमूहहरु घटे ।

 

 

२०८१ माघ १०, बिहीबार १६:०६ प्रकाशित
ट्रेन्डिङ समाचार