५.०८ अंकले बढ्यो नेप्से


सेयर कारोबार मापक नेप्से परिसूचक ५.०८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय १३.०८ विन्दुमा बन्द भएको छ ।

आज कारोबारमा आएकामध्ये १०६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १२९ वटाको घट्यो भने बाँकी ८ वटा कम्पनीको स्थिर रहयो ।

६९ हजार ८ सय ४० पटकको कारोबारमा १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ६ अर्ब १९ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०८१ माघ ८, मंगलवार १६:१२ प्रकाशित
ट्रेन्डिङ समाचार