बढ्यो सुनको मूल्य


अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुन बुधबार बढेको छ ।

प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

२०८१ पुष २४, बुधबार १२:४९ प्रकाशित
ट्रेन्डिङ समाचार