सार्वजनिक सेवा प्रसारण संस्था कार्यकारी अध्यक्षमा विष्ट


काठमाडौं ।  सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा विष्ट नियुक्तिसँगै शपथ ग्रहण गरेका छन् ।

गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकले डा. विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा विष्ट यसअघि पनि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष थिए ।

नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिनाअघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐनबमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्टलाई नियुक्ति भएका हुन् ।

२०८१ पुष २, मंगलवार ०५:१८ प्रकाशित
ट्रेन्डिङ समाचार