टियुमा ८ डिन र तीन केन्द्र निर्देशक नियुक्त


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विभिन्न ८ संकायका डिन र तीन वटा केन्द्रको निर्देशक नियुक्ति गरेको छ । परिषद्ले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका आधारमा नियुक्ति गरिएको हो ।

यसरी नियुक्ति हुनेहरु निम्न छन :

१ः वन विज्ञान अध्ययन संस्थान: ठाकुर सिलवाल
२ः चिकित्साशास्त्र अध्ययन संस्थान: डा. मोहनराज शर्मा
३ः मानविकी तथा समाजशास्त्र अध्ययन संस्थान: डा. द्धिविनन्द ढकाल
४ः शिक्षाशास्त्र संकायः डा. बेदराज आचार्य
५ः व्यवस्थापन संकायः डा. महानन्द चालिसे
६ः इन्जिनियरिङ अध्ययन संस्थान: डा. सुशीलवहादुर बज्राचार्य
७ः विज्ञान तथा प्रविधि अध्ययन संस्थान: डा. शंकर खनाल
८ः कृषि तथा पशु विज्ञान अध्ययन संस्थान: डा. किशोरचन्द्र दाहाल

यस्तै बैठकले शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा. मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

२०८१ मंसिर ३०, आईतवार १७:५० प्रकाशित
ट्रेन्डिङ समाचार