काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यालयमा घुस रकम लिएर गएपछि उनी अख्तियारबाटै पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सापकोटाले मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकम लिएर पुगेका थिए।
अनुसन्धानका क्रममा आवश्यक कागजात बुझाउन गएका सापकोटा कार्यालयमा एक लाख रुपैयाँ घुस रकम बोकेर पुगेपछि पक्राउ परेका हुन्।
२०८१ मंसिर २९, शनिबार ११:५४ प्रकाशित


