प्रधानसेनापति भारत प्रस्थान


काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी सोतर्फ लागेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एक-अर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरूप सिग्देल भारत गएका हुन् ।

यसअघि भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका छन् ।

भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउने छन् ।

२०८१ मंसिर २५, मंगलवार १८:५० प्रकाशित
ट्रेन्डिङ समाचार