गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो : प्रचाण्ड


काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टी स्टेटको फाइल खोल्न थालेपछि सरकार फेरिएको बताएका छन् ।

मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । र अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्‍यो’, उनले भने, ‘त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्‍यो । उनीहरूमाथि कारबाही गर्नुपर्‍यो । यहाँ अर्बौँ भ्रष्टाचार गर्नेहरू, देशभित्र बाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ । त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढवा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरूमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौँ ।’

२०८१ मंसिर २५, मंगलवार १८:४५ प्रकाशित
ट्रेन्डिङ समाचार