बीआरईबारे नबुझी टिप्णी नगर्न परराष्ट्रमन्त्रीको अनुरोध


काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको बताइन् ।

उनले ऋण लिने-दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन।

नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि स्पष्ट पारिन् ।

२०८१ मंसिर २२, शनिबार १५:०२ प्रकाशित
ट्रेन्डिङ समाचार