काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अङ्कित प्रथम र द्वितीय श्रेणी (खरिदार र नासु) का कर्मचारीहरूको सरुवा तत्कालका लागि रोकिएको छ ।
सोमबारको सचिवस्तरीय निर्णयबाट माघ-फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गर्ने निर्णय गरिएको हो।
मन्त्रालयले २०८१ मंसिर १८ देखि लागू हुने गरी राजपत्र अङ्कित प्रथम श्रेणी (नायब सुब्बा वा सो सरह) का कर्मचारीहरूको हकमा २०८१ माघ मसान्तसम्म र द्वितीय श्रेणी (खरिदार वा सो सरह) का कर्मचारीहरूको हकमा २०८१ फाल्गुण मसान्तसम्म सरुवा रोक्ने निर्णय गरेको छ ।
लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारीहरू बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायहरूमा सरुवा हुने प्रवृत्तिले दुर्गममा सेवा गर्दै आएका कर्मचारीहरूको बढुवामा मर्का परेको विषय प्रशासन डटकमले आइतबार ‘दुर्गमका कर्मचारीमाथि थप अन्याय हुन नदिन टुरिष्ट बढुवा बन्द गर’ शीर्षकमा लेखिएको टिप्पणीमार्फत उजागर गरेको थियो।


