यस्तो छ, आज दिनभरको मौसमको पूर्वानुमान


काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बंगालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले तराईका केही स्थानमा हुस्सु लाग्ने जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०८१ मंसिर १६, आईतवार ११:०१ प्रकाशित
ट्रेन्डिङ समाचार