काठमाडौँको बादल फाट्न अझै केहिदिन लाग्ने


काठमाडौँको । काठमाडौँको आकाश अझै केही दिनसम्म खुल्ने संभावना देखिँदैन, वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका डम्म भएको छ।

मौसमविद्का अनुसार, भोलि शुक्रबारदेखि वायुको वेग बढ्ने भएकाले आकाश खुल्ने प्रक्रिया सुरु हुनेछ।

हाल वर्षा नभए पनि बादल हट्ने संकेत देखिएको छ। तापक्रम केही घटेको छ, तर भोलिदेखि तापक्रम बढ्ने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भने, पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको जनाएको छ।

२०८१ चैत्र २१, बिहीबार १०:२९ प्रकाशित
ट्रेन्डिङ समाचार