बक्यौता नतिरेका उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरण सञ्चालकको निर्णय


काठमाडौं । प्राधिकरणको सञ्चालक समितिको बैठकले बक्यौता नतिरे पनि तत्काल नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो भने प्राधिकरणले बक्यौता नतिरे पुनः उद्योगको लाइन काट्ने बताउँदै आएको थियो ।

नेपाल विद्युत प्राधिकरणले आज बसेको सञ्चालक समितिको बैठकले १५ दिन भित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि लाइन नकाट्ने निर्णय भएको बताएको छ ।

उद्योगीको बक्यौताको टाइम अफ डे (टीओडी) मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाब गर्न सुरु भइसकेको छ ।

२०८१ मंसिर १२, बुधबार १५:१६ प्रकाशित
ट्रेन्डिङ समाचार