काठमाडौं । प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्वास्थ्यको कारण देखाउँदै अधिकारीले राष्ट्रपतिको कार्यालयमा पुगेर औपचारिक रूपमा राजीनामा दिएका हुन्।
भोलिदेखि लागू हुनेगरी राजीनामा दिएको सो राजीनामापत्रमा उल्लेख छ ।
सचिव अधिकारीको राजीनामापछि संसद् सचिवालयमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।
उनको राजीनामापछि प्रतिनिधि सभा सचिवालयमा रिक्त भएको यो महत्त्वपूर्ण पदमा कसलाई नियुक्त गरिने भन्नेबारे चासो बढेको छ।
उनले असार १९ मा नियुक्ति लिएका थिए ।
२०८१ मंसिर ९, आईतवार १६:१९ प्रकाशित


