काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलाइसिस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरापालिका-५ बेलचौतरास्थित केन्द्रको निरीक्षण गदै उनले आज यस्तो निर्देशन दिएका हुन् ।
उनले भने, “मेसिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ ।”
उपचार केन्द्रलाई तीन सय शय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुंगो लाग्ने उनले जानकारी गराए ।
२०८१ कार्तिक २४, शनिबार १७:०५ प्रकाशित


