६६० सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान


६६० सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान

काठमाडौं । लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त  आह्वान गरेको छ।

असोजको अन्तिम बुधबार सहसचिव  र उपसचिव पदमा दरखास्त आह्वान गर्ने कार्यतालिकाबमोजिम आयोगले कुल ६६० पदका लागि दर्खास्त आह्वान गरेको हो । आयोगले उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको छ ।

आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको प्रवक्ता गीताकुमारी होमेगाईले जानकारी दिएकी छन् ।

२०८१ कार्तिक ४, आईतवार ०८:१८ प्रकाशित
ट्रेन्डिङ समाचार