ADVERTISEMENT

यस्तो रहनेछ आजको मौसम


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो।

महाशाखाले देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जाएको छ।

असोज २० गतेबाट यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशबाट धेरै तथा लुम्बिनी प्रदेशको पश्चिम भूभागको थोरै स्थानहरूबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।

त्यसै गरी २१ गते सोमबार कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली भई मौसम सफा रहने महाशाखाले जनाएको छ। तर, कोशी, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का तथा मध्यम वर्षाको सम्भावना रहेको छ।

२२ गते कोशी, मधेस, वागमती, गण्डकी प्रदेशमा आशिंकदेखि साधारणतया बदली रही बाँकी भूभगमा सफा रहनेछ। कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। २३ गते कोशी, वागमती, गण्डकीलगायत केही स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार