तीन घण्टा बसेको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?


काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा बाढी पहिरो पीडितलाई कसरी वितरण गर्ने भन्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि सुरु भएको बैठकमा राहत वितरणमा केन्द्रीत भई छलफल भएको एक मन्त्रीले जानकारी दिए । बैठकमा राति ९ बजे सकिएको थियो ।

अहिलेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट एक करोड, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट एक करोड सहयोग प्रदान गरिएको छ ।

यस्तै, प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट एक करोड र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

आइतबार आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण गरेको थियो । नेपाल बैंक लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषदबाट एक करोड, एनएमबी बैंकबाट ५१ लाख, नेपाली कांग्रेसबाट ५० लाख, नेकपा एमालेबाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

२०८१ आश्विन २२, मंगलवार ००:०६ प्रकाशित
ट्रेन्डिङ समाचार