काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरूको आन्दोलन पछि दुबई र हङकङका दुई वटा उडान रद्द भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक र परिचारिका) हडतालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् ।
२०८१ आश्विन १९, शनिबार १२:५७ प्रकाशित