प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन मन्त्रीको कर्मचारीलाई निर्देशन


कर्णाली । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहीबार डिभिजन वन कार्यालय सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्णाली प्रदेशमा राजश्व सङ्कलनको मुख्य आधार उद्योग, पर्यटन र वन क्षेत्र भएको बताउँदै उनले यस्तो निर्देशन दिएका हुन् ।

“भवन सुविधा सम्पन्न बनेको छ,” उनले भने, “अब यहाँबाट प्रभावकारी सेवा प्रवाह गर्नुस् र राजश्व वृद्धि हुने क्रियाकलापमा जोड दिनुस् ।”

कर्णालीमा धेरै ठूलो उद्योग नभए पनि पर्यटन, जडीबुटी र वन राजश्व सङ्कलनको मुख्य स्रोत भएको मन्त्री अधिकारीको भनाइ छ ।

 

२०८१ आश्विन १८, शुक्रबार ०२:४० प्रकाशित
ट्रेन्डिङ समाचार