लोकसेवा आयोगका परीक्षाका लागि उपयोगी वस्तुगत प्रश्नोत्तर


१. गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि विजेता को हुन् ? – करण परियार

२. २०१५ सालमा भएको प्रतिनिधिसभा निर्वाचनका लागि कति वटा निर्वाचन क्षेत्र कायम गरिएका थिए ? – १०९ वटा

३. नेपाल अधिराज्यको संविधान, २०१५ मताधिकार प्रयोग गर्न पाउनका लागि आवश्यक उमेर कति तोकेको थियो ? – २१ वर्ष

४. नेपालको संविधान २०१९ ले व्यवस्था गरेका वर्गीय संगठनहरु कुन कुन हुन् ?

– नेपाल महिला संगठन नेपाल किसान संगठन नेपाल युवक संगठन नेपाल प्रौढ संगठन नेपाल मजदुर संगठन र नेपाल भूतपुर्व सैनिक संगठन

५. नेपालको संविधान २०१९ ले प्रधानान्याधिसको पदावधि कति वर्ष तोकेको थियो ?

– १० वर्ष

६. अनुसूचीको व्यवस्था नभएको संविधान कुन हो ?

– नेपाल अधिराज्यको संविधान २०१५

७. पहिलो पटक कुन संविधानको अनुसूचीमा राष्ट्रिय गानको व्यवस्था गरिएको थियो ?

– नेपालको संविधान २०१९

८. लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?

– सरदार नरेन्द्रमान सिंह प्रधान

९. लोकसेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?

– २०१७ साल माघ २५ गते देखि २०१८ साल जेठ मसान्त सम्म

१०. लोकसेवा आयोगले विद्युतीय प्रणालीबाट दरखास्त संकलन कार्य कहिलेदेखि शुरु गरेको हो ?

– २०७१ चैत २३

११. नेपालका प्रथम महालेखापरिक्षक को हुन् ? – चन्द्रबहादुर थापा

२०८१ आश्विन १८, शुक्रबार ०१:३१ प्रकाशित
ट्रेन्डिङ समाचार