
काठमाडौँ । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले बताए । सैनिक, सशस्त्र, प्रहरी तथा स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म प्रभावितहरूको उद्धार गरेका हुन् ।
२०८१ आश्विन १७, बिहीबार १३:१६ प्रकाशित