बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नागढुंगा–झ्याप्ले सडक खण्डमा सवारी सञ्चालनमा रोक


काठमाडौँ । काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन् ।

मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएको हो।

धुनिवेशी नगरपालिका स्थित झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको छ ।

२०८१ आश्विन १५, मंगलवार १०:५३ प्रकाशित
ट्रेन्डिङ समाचार