
काठमाडौँ।सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पदीय जिम्मेवारी र जबाफदेहितालाई विशेष प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिएका छन्।
सोमबार पदस्थापनको अवसरमा आयोजित पहिलो बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
महानिर्देशक परियारले कार्यालय व्यवस्थापन, सेवा प्रवाह र वित्तीय अनुशासनलाई सुदृढ गर्दै अघि बढ्न उनको आग्रह छ ।
उनले भने, हाम्रो कार्यालयमा हरेकले आफ्नो पदीय जिम्मेवारी बुझ्नुपर्छ र जबाफदेही भएर काम गर्नुपर्छ। यसबाट मात्र हामीले कार्यालयको उद्देश्य हासिल गर्न सक्छौँ। यस क्रममा उनले आफ्नो भूमिकामा रहने सबै कर्मचारीलाई पदीय जिम्मेवारी निर्वाह गर्ने क्षमता र कार्यकुशलता प्रदर्शन गर्न आग्रह गरेका छन्।
२०८१ आश्विन १४, सोमबार १४:१० प्रकाशित