काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ । समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै यस विषयमा आवश्यक निर्देशन तथा सहजीकरण गरिदिन अनुरोध गरेका हुन् ।
२०८१ आश्विन १३, आईतवार १५:१५ प्रकाशित