खोलाले बगाएर दुई जनाको मृत्यु


काठमाडौँ । इलाम र सिन्धुलीमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका-८ स्थित सेते खोलाले बगाएर सोही ठाउँ बस्ने ६८ वर्षीय मैत बहादुर लिम्बुको शुक्रबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाएर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित सुकेखोलाले बगाएर सोही नगरपालिका-१३ घर भई सोही नगरपालिका-९ पन्नेसी बस्ने ४६ वर्षीय कृष्ण बहादुर बोगटीको शुक्रबार राति मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

२०८१ आश्विन १२, शनिबार १७:४२ प्रकाशित
ट्रेन्डिङ समाचार