काठमाडौँ । जापान भ्रमणमा रहेका श्रम रोजगार, तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उच्चस्तरीय भेटघाट गरेका छन् । नेपाल जापान रोजगार सम्मेलनमा सहभागी हुन जापान पुगेका मन्त्री भण्डारीले जापानका मन्त्रालयका मन्त्रीहरूसँग भेट गरेका छन् । जापानका समकक्षी स्वास्थ, श्रम तथा कल्याणमन्त्री टाकेमी केईजुसँग समेत द्विपक्षीय भेट गरेका छन् । भेटको क्रममा नेपाल र जापान सरकारबिच सन् २०१९ मा भएको एमओयू कार्यान्वयनका लागि संयुक्त कमिटीको बैठक बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए ।
२०८१ आश्विन ७, सोमबार १३:४१ प्रकाशित