
काठमाडौँ । सुनको मूल्य एकैदिन १७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको हो । शुक्रबार यस्तो मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ रहेको थियो । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
२०८१ आश्विन ६, आईतवार ११:३३ प्रकाशित