नालायकहरू संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले इतिहासका नालायकहरू मिलेर संविधान संशोधनको कुरा गरिरहेकाले उनीहरूको इच्छाबमोजिम संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित सन्देश सभामा बोल्दै महासचिव भुसालले संविधान संशोधनको कुरा गरेर सत्तारुढ दलले अन्यत्र ध्यान मोड्न खोजेको बताए । ‘इतिहासले पटक पटक कठघरामा उभ्याइसकेकाहरूको इच्छामुताविनक संविधान संशोधन हुँदैन । हुन दिइँदैन’, भुसालले भने, ‘लोकतन्त्रमा राजनीतिक पार्टी राम्रो नभई कुनै व्यक्ति वा गुटले मुलुक बनाउँदैन ।’

भुसालले न्यायालय, नियम कानुन र मुलुकको अर्थतन्त्र दलाल पुँजीवादले कब्जा गरेको भन्दै त्यसबाट मुक्त गर्नुपर्ने बताए । सरकार र सत्तारुढ दलहरूले आजको मुलुकको सङ्कट समेत समाधान गर्न नसक्ने भुसालको दाबी छ ।

२०८१ आश्विन ४, शुक्रबार १५:०५ प्रकाशित
ट्रेन्डिङ समाचार