
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई मनपरी बोल्ने केटो भन्दै कटाक्ष गरेका छन् । शनिवार काठमाडौँमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा गरेका हुन ।
उनले भने– ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है, त्यसलाई चलाउनुहुँदैन रे त्योसँग जनमत छ रे । नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ त हामीले बोक्नेले त बोकेकै छ त । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ यतातिरबाट गोली हानेर मृग मार्यो भने बिरालोले मृग मार्यो भन्दै चलाइदिन्छ । त्यसकारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ ।’
उनले एमाले अहिले प्रचारमा कमजोर भएको भन्दै असन्तुष्टि पोखे । उनले एमाले जत्रो अरू पार्टी नभएको, एमालेको जति अरूसँग कार्यकर्ता पनि नभएको, सबैको हात हातमा मोबाइल भए पनि पार्टीको प्रचारका लागि प्रयोग नभएको गुनासो गरे ।
उनले भने– ‘सबैभन्दा धेरै हाम्रै कार्यकर्ता छन्, सबैको हात हातमा मोबाइल छ तर आफ्नै साथीलाई गाली गर्न मोबाइल छिटो चल्छ, विरोधीसँग लड्नका लागि मोबाइल बन्द हुन्छ । अनि हामी लड्छौँ कसरी छ ?’
यो भएन त्यो भएन भन्ने, आफ्नै साथीभाइसँग लड्ने तर विरोधीसँग आँखा उठाएर हेर्न नसक्ने, बोल्न नसक्ने हुतीहारा अवस्था रहेको उल्लेख गरे । उसको कमजोरी खोतल्दा आफ्नो पनि कमजोरी खोतल्देला भनेर बसेपछि कसरी हुन्छ लडाइँ रु आफूसँग भएका सबै अस्त्रहरू प्रयोग गर्नुपर्यो ।’